२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सवारी नियम विपरित कार्य गर्नेलाई भव्य सम्मान


१८३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • प्रहरीले गलामा खादा लगाइ हातमा पुष्पगुच्छा थमाए । सवारी चालक तुल वहादुर कुवर दंग बने । सवारी नियम उल्लंघन गर्दा जरिवाना गर्ने प्रहरीले हातमा फुल दिदै गर्दा चालक र सहचालक अचम्म मान्दै मुखामुख गरे । यात्रु छक्क थिए । फुलको गुच्छा पाएका चालक मख्ख पर्दै गन्तब्यमा हिँडे ।

    गोरखा नगरपालिका–११ बाह्रकिलोमा चालकलाई गलामा खादा लगाउँदै पुष्पगुच्छा दिएर ट्राफिक सचेतना दिँदै प्रहरी । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई सिठ्ठि फुकेर लखेट्ने प्रहरीलाई भिन्न भुमिका देखेपछि शुक्रबार बाह्रकिलोमा स्थानीयको समेत भिड थियो । सडकमा तैनाथ प्रहरीले शुक्रबार सवारी नियम उल्लंघन गर्ने एउटै चालकलाई कारवाही गरेनन् । जरिवानाको साटो पुष्पगुच्छा, खादा र चेतनामुलक सामाग्री वितरण गरे । सम्झाइ बुझाइ गरे । ट्राफिक निमय पालनामा सर्तक रहनु सुझाए ।

    ‘तिव्र गतिमा सवारी नहाँक्नुस्, क्षमताभन्दा वढी यात्रु नकोच्नुस्,’ एसपी ओम अधिकारीले चालकलाई खादा पहिराउँदै थपे, ‘तपाईं एकजना जिम्मेवार बन्दा यतिका यात्रुले सुरक्षित यात्रा गर्न पाउँछन् ।’

    शुक्रबार गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा चेकजाँचका लागी बसेको प्रहरी शालिन मुद्रामा ट्राफिक निमयमको बारेमा चेतना फैलाउन व्यस्त थिए । विशेष गरी मोटरसाइकल, ट्क्याटर, वस र ट्रक चालकलाई फुल थमाउँदै सामान्य हेलचेक्राइँले पनि ठुलो दुर्घटना हुनसक्ने भन्दै सचेत हुन आग्रह गरे ।

    ‘२९ दिन चाँही निमय उल्लंघन कस्तो गरेको छ त्यही अनुसारको कारवाही र जरिवाना हुन्छ, एक दिन भने फुल दिइ सम्झाइ बुझाइ गरेर छाड्छौँ,’ एसपी अधिकारीले भने, ‘नियम उल्लंघन गर्नेको संख्यामा कमि आओस् भनेर यो अभियान शुरु गरेका हौँ ।’

    मापसे गर्ने तथा गभ्भिर प्रकारको सवारी उल्लंघन गर्नेले भने छुट नपाउने प्रहरीको चेतावनी छ । सवारीमा आउजाउ गर्दा यात्रु पनि सचेत हुनुपर्ने अधिकारीले सुझाए । ‘कच्चि सडकमा सहचालकले सवारी चलाउन दिने प्रचलन पनि देखिन्छ, यो गभ्भिर लापरवाही हो,’ उनले भने, ‘यस तर्फ यात्रुहरु सचेत हुनुस्, प्रहरीलाई खबर गर्नुस् ।’

    प्रहरीको उक्त अभियानले सवारी नियम पालना गर्न सघाउने सवारी चालकको पनि विश्वास छ । ‘यो हाम्रै लागी हो, ड्राइभरलाई जिम्मेवार र सचेत बनाउँदा धेरैको ज्यान जोगिन्छ,’ स्थानीय जुनुमायाँ थापाले भनिन् । ट्राफिक नियम पालनामा सघाउन अभियानको महत्व छुट्टै रहेको स्थानीय रामवहादुर खड्काको वुझाइ छ ।

    महिनाको एक दिन चालकलाई सम्झाई बुझाई गर्न शुक्रबारबाट अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुकबहादुर बिकले बताए । ‘गल्ती रियलाईज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर अभियान शुरु गरेका हौँ,’ विकले भने, ‘प्रहरीसँग चालक डराउने होइन, नियम पालना गराउँछ भन्ने सन्देश पनि मिल्छ ।’

    यहाँको ग्रामिण भेगमा क्षमताभन्दा बढी यात्रु कोच्ने, बढी भाडा उठाउने गुनासो स्थानीयहरुको छ । सवारी चालक अनुमतिपत्र ब्निा ट्याक्टर चलाउँदा पनि दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार