२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेसिन रिडेवल तास, डिभाइससहित एकजना पक्राउ


२३१८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं–प्रहरीले तासको पत्ति चिन्ने ‘सेन्सर’जडित मेसिन रिडेवल जुवा सामग्रीसहित एकजनालाई पक्राउ गरेको छ । चीनबाट आयातित तासमा सेन्सरले सजिलै चिन्नसक्ने र जुवाडेले सजिलै जित्नसक्ने सामग्रीसहित एकजनालाई पक्राउ गरेको हो ।

    अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्ने कालीमाटी वृत्तका प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिएका छन् ।

    उनका अनुसार मेसिन रिडेवल तासको पत्तिमा खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिने र बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

    सर्लाही बरहथवाका निरबहादुर कार्कीले चीनबाट ल्याएको मेसिन रिडेवल तास काठमाडौंको स्यूचाटारबाट बरामद गरिएको हो । उनको साथबाट ताससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार