२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धुलिखेलमा दुर्घटना, दुईको मृत्यु


६६२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    धुलिखेल/काभ्रे धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नं को डिजेल बोकेको ट्याङ्कर धुलिखेल नगरपालिका ८ को अरनिको राजमार्ग अन्तर्गत थाक्लेमा अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा डिजेल बोकेर आएको तेल ट्याङ्कर क्षतबिक्षत भएको थियो भने दुर्घटनामा घाइते भएका चालक र सहचालक द्वय को उपचारका क्रममा मृत्यु भएको हो। हेटौँडा घर भएका ३० वर्षीय चालक राजकुमार लामा को धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि काठमाडौं नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको खावा प्रहरी चौकीका साहायक निरिक्षक कृष्ण बजगाई ले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार