२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुन्दर पाँचखाल निर्माणमा जुटे युवा


३८४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/कृषि नगरीको रुपमा अगाडी बडेको पाँचखाल नगरलाई स्वच्छ सफा र हराभरा गर्ने अभियानमा पाँचखालका युवाहरु जुटेका छन् ।

    सफाई साथै वातावरण संरक्षणले सुन्दर पाँचखाल निर्माणमा सघाउछ भन्ने प्रमुख उद्देश्यका साथ समाजकल्याण युवा क्लबले अग्रसरता देखाएको छ । क्लवको आयोजनामा पाँचखालको प्रमुख बजार क्षेत्रमा अभियानको रुपमा सफाई कार्यलाई अगाडी बढाएको छ ।

    क्लवले आयोजना गरेको उक्त सफाई अभियानमा पाँचखाल नगर वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी समेतको सहभागिता रहेको थियो । त्यसैगरी सरस्वती शिक्षा गृह सेकेन्डरी विद्यालय पतंजली केन्द्र पाँचखाल, पाँचखाल उद्योग बाणिज्य संघ लगायतले सहभागिता जनाएको थियो ।

    सफाई अभियानलाई निरन्तरता दिदै प्रत्येक महीनाको अंतिम शनिबार वजार सफाई कार्यमा जुट्ने क्लबका अध्यक्ष मनोज वजगाईले जानकारी गराउनु भयो । त्यसैगरी वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङले युवा ल्कबले गरेको सफाई अभियानलाई आफुले साथ र सहयोग गर्ने वताउनु भयो ।

    पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीले बजार क्षेत्रलाई सफाई गर्नु पाँचखालको सभ्यता साथै सुन्दरतालाई झल्काउने कार्य भएकोले क्लवले आयोजना गरेको कार्यमा उद्योग वाणिज्य संघको साथ र सहयोग हुने बताउनु भयो । त्यसैगरी पाँचखाल नगर पालिका स्वास्थ्य प्रमुख उज्वल अधिकारीले युवाहरुले गरेको सफाई अभियानले वातावरण स्वच्छ हुने जसले गर्दा फोहोरको कारणबाट लाग्ने रोग नलाग्ने भएकोले स्वास्थ्य कार्यलयको तर्फबाट युवाहरुलाई साथ दिने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार