२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा युवतीको मृत्यु


२४८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभे्र/काभ्रे जिल्ला रोशी गाउंपालिका वडा नं ११ डालाबेशी बि.पि.राजमार्गमा स्कुटर दुर्घटना हुंदा युवतिको मृत्यु भएको छ ।
    शनिबार काठमाण्डौबाट सिन्धुलीतर्फ जादै गरेको बा ९८ प ७५८२ नं.को स्कुटर दुर्घटना भएको जानकारी पाउना साथ ई.प्र.का.मंगलटारका प्रहरी अधिकृतको टोली घटनास्थलमा पुगी चालक र पछाडी सबार दुबै जनालाई तत्कालै उपचारार्थ धुलिखेल अस्पत्ताल ल्याएको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभे्रका अनुसार चालक .रामेछाप मन्थली न.पा.९ घर भई हाल मध्य बनेश्वर काठमाण्डौ कोठा गरी बस्ने बर्ष अं.२२ को गोपाल बोहरा प्राथमिक उपचार गरी फर्किएको र स्कुटरको पछाडी बसी सबार गर्ने बर्ष १९ की अनुपमा कुमारी रावल गम्भीर घाईते भएकोले थप उपचारको लागी नर्भिक अस्पत्ताल काठमाण्डौ लगी उपचार हुदा हुदै मंसिर १ गते रातीे मृत्यु भएको छ ।
    चालक गोपाल बोहरालाई सामान्य उपचार गराई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय काभे्रमा ल्याई थप अनुसन्धान भई रहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार