२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा दुई वालिकाको मृत्यु


२७८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २, सोमबार मा प्रकाशित ४ साल अघि
  • रामेछाप । दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

    दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र १२ वषिर्या दिलकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

    रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईकाअनुसार गाडी सडकबाट करिव ३ सय मिटर तल जंगलमा झरेको छ । घाइतेहरुलाई उपचारका लागि दोरम्बास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ । उनीहरु मध्ये ८ जनाको अवस्था गम्भीर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार