२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रसिद बुद्धाचार्यलाई पनौती बचतको जिम्मेवारी


१९८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • पनौती/पनौती बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो स्थापना दिवसको १३औं वार्षिक साधारण सभा भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।

    कार्यक्रम पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले दिप प्रज्वलित गरेर उद्घाटन गर्नुभएको थियो । आफ्नो उद्घाटन भाषणमा नास्नानीको कथन थियो– सहकारीहरुले नगद बचत र ऋण मात्र प्रवाह गर्ने होइन, अब सामाजिक दायित्व पनि बहन गर्न आवश्यक रहेको बताउनुभयो ।

    कुनै समय सहकारी खुल्ने होडले सहकारीको गुणस्तर नराम्रोसँग खस्किएको खुलासा गर्नुहुँदै राज्यले जुन नीति अख्तियार गरेको छ, सोही नीति बमोजिम सहकारीहरु चल्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व एवं वडा सदस्य पुरुषोत्तम कर्माचार्यको कथन थियो– सहकारीहरु व्यक्तिमुखी भएको र उनीहरु रुपान्तरण हुन आवश्यक रहेको टिप्पणी गर्नुहुँदै सहकारीले कसैको जीवनमा सकारात्मक प्रभाव पारेको अथवा सफलताका कथाहरु पढ्न पाए अत्यन्तै प्रभावकारी हुने तर्क गर्नुभएको थियो । हिजोका सामन्त सोच राख्ने जिमुवालहरुको अनुशरण गरेजस्तै सहकारीहरुको व्यवहारले धेरै समस्याहरु निम्तिएका छन् । त्यसैले सहकारीहरु विधिमा चल्नुको विकल्प नरहेको कर्माचार्यको धारणा थियो ।

    १३औं वार्षिक साधारण सभामा सहकारीको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नेहरुमा बुद्धरत्न बुद्धाचार्य, राजन श्रेष्ठ, वीरबल पसखल, रसिद बुद्धाचार्य लगायतका वक्ताहरु हुनुहुन्थ्यो । सोही क्रममा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन आ–आफ्नो जिम्मेवारी बहन गरेका व्यक्तिहरुले प्रस्तुत गर्नुभएको थियो भने बन्दसत्रले अर्काे ३ वर्षका लागि रसिद बुद्धाचार्यको अध्यक्षतामा ७ सदस्य कार्यसमिति चयन गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार