२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गरिव घरपरिवारका लागि परिचयपत्र


२१४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले पाँचखालमा हुन लागेको गरिव घरपरिवार पहिचान कार्यलाई सहज ढंगबाट सम्पन्न गर्ने कार्यको लागि नगरवासिको साथ सहयोग आवश्यक हुने बताउनु भयो ।

    गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो—प्रभावकारी ढंगबाट कार्य सम्पन्न गर्नको लागि ८ जना गणक र १ जना सुपरिवेक्षकको व्यवस्था गरेका छौं, निश्पक्ष साथै वास्तविक पहिचानको आधारमा तथ्यांङ्क बन्छ । यो कार्य नगरको मात्र नभई नगरवासिको भएकोले सम्पुर्ण नगरवासिहरुको साथ सहयोगले नै वास्तविक ढंगबाट डाटा आउने भण्डारीले बताउनु भयो ।

    पाँचखाल नगरपाली बाट आयोजित उक्त अभिमुखिकरण कार्यक्रमका सभानेतृ एवं पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवारले गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी कार्य गर्दा कसैको दवावमा नपरी निश्पक्ष ढंगबाट पहिचान गर्ने कार्य गर्न जरुरी रहेको बताउनु भयो । यथार्थ ढंगको सहि तथ्याङ्कको लागि नगरका सम्पुर्ण नगरवासिले सघाउन जरुरी रहेको उप—मेयर दनुवारले बताउनु भयो ।

    पाँचखाल नगरका शाखा अधिकृत राजेश वञ्जाराले राष्ट्रव्यापिरुपमा संञ्चालन हुने गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई सहज ढंगबाट निश्पक्ष साथै यथार्थ डाटाको लागि नगरवासिको ठुलो भूमिका रहने बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल नगरले पेपरलेस कार्यलाई अगाडी बढाउंदै छ । नगरमा रहेको १३ वटै वडा कार्यालयहरुमा राजश्व, सम्पत्तिकर लगाएतको कार्य अनलाईन सिस्टमबाट अगाडी बडी सकेको छ ।

    गरिव घरपरिवार पहिचान कार्यक्रमका शुपरिवेक्षक पवन गौतमले संञ्चालन गरेको उक्त कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिविहरुको सहभागिता रहेको थियो । सहभागिहरुले निस्पक्ष ढंगबाट सहि सत्य विवरणको लागि सहयोग गर्ने बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार