२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

एम्बुलेन्स दुर्घटना हुँदा विद्यार्थी घाइते


२६३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • गुल्मीको अर्जैमा बुधबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा दुबै जना स्कुल विद्यार्थी रहेका छन् । स्कुलबाट घर जाने क्रममा दुर्घटनामा परेर १६ वर्षीय जगत परियार र १६ वर्षीय केशब अर्याल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

    मालिका गाउँपालिकाको वडा नम्बर ६ को अर्जै स्वस्थ्य चौकीबाट छापतर्फ जाँदै गरेको लु १ झ ३३४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको  उनले बताए । घाइते दुबै जनालाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  एम्बुलेन्स चालक सम्पर्क बिहीन रहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार