२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुर्व मन्त्रीले गाडी जिम्मा लगाएर ट्याक्सीमा फिर्ता


२७५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।

    उनका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् । विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । उनी विहीबार नै पुल्चोकस्थित मन्त्री निवासबाट सरेका छन् ।यसअघि २०६८ सालमा ऊर्जा मन्त्रीबाट पदमुक्त भएपछि पनि विष्‍ट ट्याक्सी चढेरै घर गएका थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार