२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एकल पुरुषलाई पनि भत्ता


१९३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • सिन्स्धुपाल्चोक, ६ मङ्सिर । जिल्लाको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले राज्यको नजरमा महिला र पुरुष समान हुन् भन्ने मान्यतालाई पुष्टि गर्न एकल पुरुषलाई भत्ता दिने निणर्य गरेका हुन् ।

    ३५० जनाको संख्यामा एकल पुरुष रहेको गाँउपालिकाको आन्तरिक स्रोतबाट एकल पुरुषलाई सामाजिक सुरक्षा दिने निर्णय भएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । सबै वडामा एकल पुरुषको तथ्यांक संकलन अन्तिम चरणमा पुगेको छ । श्रीमतीको मूत्यु भएको वा अन्य कुनै कारणले साथमा नभई एक्लो जीवन बिताइरहेको प्रमाणको आधारमा मात्र एकल पुरुषले सामाजिक सुरक्षाभत्ता पाउने छन् ।

    एकल पुरुषको परिचयपत्र बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ । तर वृद्धभत्ता लिइरहेका एकल पुरुषले सो भत्ताबापतको सुविधा पाउने छैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार