२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५ लाख घुस सहित मालपोत अधिकृत झ्याप


२१२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • सिरहा– भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल ५ लाख घुससहित पक्राउ परेका छन् ।

    उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको जग्गासम्बन्धी मुद्दाको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराउनका लागि भन्दै लिएको ५ लाख घुससहित मण्डल पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले मण्डलाई घुससहित पक्राउ गरेको हो । मण्डलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार