२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

जागीर दिने वहानामा बलत्कारको प्रयास, तीन पक्राउ


२८४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ७, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् ।

    जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्‍याइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन् ।

    ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार ५ मंसिरमा पीडितलाई अन्तरवार्ताका लागि बोलाएर डेरामा लग्ने बहानामा गोदावरीसम्म लगेर रिसोर्टमा बलात्कार गर्न खोजेको आरोप ढुंगानामाथि छ । पीडितको जाहेरी प्राप्त भएपछि पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको उनले बताए । रिसोर्टका कर्मचारीको सहयोगमा पीडित आफन्तसम्म पुगेको जनाइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार