२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दाईजोको मोटरसाईकलले गर्दा ज्यान गयो


१९३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ७, शनिबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम । दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो ।

    कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । उनी भन्छन्, ‘आर्थिक अभावका गर्न तत्काल नामसारी गर्न सकेनौं । त्यही कारण हाम्रो छोरीको हत्या भयो ।’

    कुसुमलाई ससुरा रामचन्द्र मण्डलले शुक्रबार राति जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । पासो लगाएर आत्महत्या गर्न खोज्दा उद्दार गरेर ल्याएको बताएका थिए । तर उनको मृत्यु भएपछि उनी शव छाडेर फरार भएका छन् । कुसुमको करिब डेढ बर्षअघि प्रकाशसँग विवाह भएको थियो ।

    यसैबीच प्रहरीले कुसुमका श्रीमानलाई नियन्त्रणमा लिएको छ । र, घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार