२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पौडी खेल्दा दुई बालकले ज्यान गुमाए


२०९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा आज दुई जना बालकको ज्यान गएको छ ।

    दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिए ।

    उनका अनुसार पुल निर्माणका क्रममा खोलाभित्र इक्साभेटरले खनेको दहमा पौडी खेल्दा दुवै बालकको घटनास्थलमा मृत्युभएको थियो । बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ । प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार