२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चुनाव प्रचारमा सरकारी गाडी दुरूपयोग


३०४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं–  चुनाव प्रचारमा सरकारी सवारीसाधानको दुरुपयोग गरेको छ । १४ मंसिरमा मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि हुन लागेको निर्वाचनको प्रचारमा नेकपाले सरकारी गाडी र मोटरसाइकल प्रयोग गरेको हो ।

    पार्टी नेता तथा कार्यकर्ताले सेतो नम्बर प्लेटको मोटरसाइकलमा चुनाव चिह्नअंकित झन्डा फहराउँदै आफ्ना उम्मेदवारको पक्षमा प्रचार गर्दै हिँडेका छन् । जुलुस र आमसभामा सरकारी सवारीसाधनको प्रयोग झन् बढी हुने गरेको छ ।

    नेकपाले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै अन्य दलले आपत्ति जनाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भएको देखेर पनि निर्वाचन कार्यालय भने मौन बसेको उनीहरूको गुनासो छ । पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता तारामान गुरुङले आफूहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउँदा पनि दुरुपयोग नरोकिएको बताए । समाजवादी पार्टीका उम्मेदवार नुर्बु शेर्पाले नेकपालाई चिर्वाचन कानुन नलागेको भन्दै गुनासो गरे । मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए ।

    प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले दलको कार्यक्रममा सरकारी गाडी प्रयोग भएको गुनासो आफूकहाँ आएको बताए । कुन सरकारी गाडी र मोटरसाइकल प्रयोग भएको पत्ता लगाएर कारबाही गर्ने उनले बताए । मकालु गाउँपालिका अध्यक्षका लागि नेकपाका तेजबहादुर पोखरेल, कांग्रेसका विमान पराजुली, समाजवादीका नर्बु शेर्पालगायतले उम्मेदवारी दिएका छन् । खाँदबारी–३ को वडाध्यक्षका लागि भने नेकपाका भरतकुमार घिमिरे र कांग्रेसका विक्रम गुरुङले मात्रै उम्मेदवारी दिएका छन् ।

    संखुवासभामा मात्र होइन, अन्यत्र पनि सरकारी गाडी दुरूपयोग गरिएका छन् । बैतडीको दोगडा केदार र डिलाशैनी गाउँ पालिकामा समेत नेकपाले सरकारी गाडी दुरुपयोग गरेका छन् । दोगडा केदारको एक वडामा हुन लागेको उपनिर्वाचनका लागि नेकपा कार्यकर्ताले सरकारी गाडी दुरूपयोग गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार