२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जेसिजको राष्ट्रिय अध्यक्षमा काभे्रली विकासको उम्मेदवारी


४५७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • ८ मंसिर काभ्रेपलाञ्चोक– नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनमा सन् २०२० को राष्ट्रिय अध्यक्षमा काभ्रे जेसिजका तर्फबाट जेसिआइ सिनेटर विकास मानन्धरले उम्मेदवारी दिएका छन् । आज काभ्रे जेसिजले पत्रकार सम्मेलनको आयोजना गरी मानन्धरको उम्मेदवारीको विषयमा जानकारी दिएको हो ।

    सन् १९७७ मा स्थापना भएर २ वटा राष्ट्रिय र ३ वटा क्षेत्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको ४२ वर्ष पुराना काभ्रे जेसिजले हालसम्म राष्ट्रिय अध्यक्ष भने पाएको छैन । मानन्धर काभ्रे जेसिजले सने २०१५ मा काभ्रे जेसिजको अध्यक्ष हुँदै सन् २०१७ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०१८ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भई राष्ट्रिय अध्यक्ष सल्लाहकार समेत भइसकेका छन् ।

    पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार विकास मानन्धरले आफ्नो योजना समेत सार्वजनिक गरेका छन् । मानन्धरले ‘एक व्यक्ति, एक परिवार, एक समूह र एउटै लक्ष्य’ भन्ने मूल नाराका अघि बढ्ने बताउँदै युवाहरुका लागि लक्षित गरी नेतृत्व तथा व्यक्तित्व विकास एवं उद्यमशिलता विकास सम्बन्धमा आवश्यकता अनुसारका तालिमहरू सञ्चालन गर्ने र एक शाखा एक प्रशिक्षकलाई जोड दिने, पर्यटन वर्ष २०२० लाई सफल पार्न तथा टेवा पुर्याउनका लागि नेपाल जेसिजबाट देशभरीका शाखा लगायत अन्र्तराष्ट्रिय सञ्जाललाई प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने, राष्ट्रिय महत्व तथा गौरवका कार्यक्रमहरू देशभरीका शाखाहरूमा एकसाथ सञ्चालन गर्ने, नेपाल जेसिज लगायत सम्पूर्ण शाखाका गतिविधि एवं सूचनालाई डिजिटलाइजेशन गर्न सन् २०१८ देखि (Management Information System- MIS) सुचारु भइसकेकोमा यसलाई थप आधुनिक एवं प्रभावकारी ढंगले पूर्णरुपमा सञ्चालन गर्ने, जिल्लाभरिका भिभिन्न शाखाले आयोजना गर्ने कार्यक्रमहरू स्थानीय सरकारसँग सम्न्वय गरी सञ्चालन गर्नका लागि विशेष प्राथमिकता दिने, जेसिज १८ देखि ४० वर्षका युवाहरूको संस्था हो । यस संस्थामार्फत युवा परिचालन गरी आफ्नो समाज र देशका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै समयानुकुल अन्य आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने । लगायतका योजनाहरू समेत सार्वजनिक गरेका छन् ।

    पत्रकार सम्मेलनमा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले शुभकामना मन्तव्य राखेका थिए भने जेसि इन्द्रनारायण भैल लगायतले निर्वाचनमा जति हासिल गर्ने आधरहरू प्रस्तुत गरेका थिए ।

    आगामी पुस ९ गतेदेखि १२ गतेसम्म चितवनको रत्ननगरमा सञ्चालन हुने महाधिवेशनमा विसहजार जेसिज चितवनका अरुणेश्वर खनाल, पथरी जेसिजका अशोक शंकर र तिलोत्तमा जेसिजका विनोद सुवेदीले समेत राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार