२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कृषि नगरमा माटो परिक्षण


२२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/कृषि नगरीका रुपमा परिचित पाँचखाल नगरमा कृषकहरुको माटो परीक्षण गरिएको छ । उक्त परीक्षणको लागि पाँचखाल नगरपालिका, मसला बाली अनुसन्धान केन्द्र र लवग्रीन नेपालको सहकार्यमा पाँचखाल नगपालिकाका १३ वटै वडाका विभिन्न स्थानको माटोको नमुना संकलन गरी जाँच गरिएको छ ।

    ४ दिनसम्म माटो परीक्षण शिविर सञ्चालन भएको थियो । माटो परीक्षण शिविरको उद्घाटन गर्दै पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पाँचखाल उपत्यकाको माटोको गुणस्तरमा केही समस्या देखिएकोले माटोमा सुधार यरी उत्पादन बढाई कृषकहरुको आम्दानी बढाउनका लागि विगत तीन वर्ष देखि लवग्रीन नेपालसंग सहकार्य गर्दै आएको बताउनुभयो ।

    त्यसै गरी माटो विशेषज्ञ जापानको फुकुसिमा विश्वविद्यालयका प्राध्यापक डा. नोबुहिरो खानेकोले कृषि उत्पादनको मुख्य जड नै माटो भएको बताउनुभयो । उहाँले थप्नुभयो– माटोको संरक्षण र गुणस्तरमा नै ध्यान दिएमा कृषि उपजहरु सहज ढंगबाट फस्टाउने बताउनुभयो । उहाँले जथाभावी रासायनिक मल र विषादीको प्रयोग र बढी खनजोतले माटोको गुणस्तरमा निकै असर पार्ने धारणा व्यक्त गर्नुभयो ।

    लवग्रीन नेपाललका कार्यकारी निर्देशक नारायणप्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिँदै “माटो आमा हो, माया गरौं, माटो जीवन हो, संरक्षण गरौं” भन्दै विगत देखिकै नतिजा हेर्दा पाँचखाल क्षेत्रको माटामा निकै सुधार गर्नु पर्ने देखिएको बताउनुभयो ।

    माटो परीक्षण कार्यमा विगत तीन वर्षदेखि जापानको फुकुसिमा विश्वविद्यालयका प्राध्यापक डा. नोबुहिरो खानेको र सोही विषयमा विद्या वारिधी गरिरहेका नेपाली विद्यार्थी बिनय संगतले प्राविधिक सहयोग गरिरहनु भएको छ ।

    उक्त माटो शिविरमा जम्मा ५५० घरधुरीको ९८० वटा नमुनाहरु परीक्षण गरिएको थियो । प्रारम्भिक रुपमा देखिएको नतिजाअनुसार नाईट्रोजन, पोटास र फस्फोरसको मात्रमा प्रायः असन्तुलित देखिएको र ६० प्रतिशत नमुनामा अम्लिय र ४० प्रतिशत अधिक अम्लिय देखिएको जनाईएको छ । सबै नमुनाहरुको परिणाम विश्लेषण गरी कृषकहरुलाई आवश्यकता अनुसार मलखाद र कृषि चून प्रयोग गर्न सिफरिस गरिने माटो जाँचमा संलग्न प्राविधिकहरुले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार