२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

टिपर दुर्घटनामा ३ को मृत्यु, १३ घाइते


१७२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ११, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

    नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिपर सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका छिरिङ लामा, नोरी लामा र तान्ज्योत लामाको मृत्यु भएको छ ।

    टिप्पर सडकभन्दा करिब ३० मिटर तल खसेको छ । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

    टिपर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका-११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीकाे आराेप छ ।

    तर, प्रहरीले भने  दुर्घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ । घाइतेको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पतालमा पुगेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार