२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

ट्याक्टर दुर्घटनामा ३३ जेटिए घाइते


२०८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ११, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो ।

    दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले जानकारी दिए ।

    घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गालागाउँमा ल्याइएको छ । विद्यार्थीहरु ट्रयाक्टरमा बसेर मौरी पालनको अध्ययन गर्न जाँदै थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार