२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रधानमन्त्रीको नयाँ मिर्गौलाका लागि दुई जना तयारी


२१२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • प्रधानमन्त्री ओलीका लागि नयाँ मिर्गौला दिनका लागि नयाँ मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ ।

    पत्रिकाका अनुसार पेटको आकिस्मक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ । नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निर्णयमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो ।

    त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर काटेकी छन् भने घरतर्फ नाता पर्ने झापाकी युवती ३५ वर्षमूनिकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार