२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बैकमा खाता खोल्दा सिम उपहार


२३९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ ।

    नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । बंैकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ । सो सिममा रु ५० टक भ्यालुसमेत हुनेछ ।

    सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताउनुभयो । उहाँले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गर्नुभयो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दुई करोडभन्दा बढी ग्राहक सङ्ख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बंैकबीच भएको यो सम्झौताले आम सेवाग्राही वित्तीय र प्रविधिगतरुपले निकै लाभान्वित हुने बताउनुभयो । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार