२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भक्तपुरको उपनिर्वाचनको लागि साँगाबाटै सवारी साधनमा रोक


२१६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेश (क)मा हुने उपनिर्वाचनको लागि पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले विज्ञप्तिमार्फत उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी १४ गते राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको छ । 

    एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक खण्डबाट उत्तरतर्फ जाने सम्पूर्ण सडकमा सवारी प्रवेश निषेध गरेको छ ।

    त्यस्तै राधेराधे चोकबाट निकोसेरा चोकसम्मका सडक र उक्त सडक खण्डबाट पूर्वतर्फ जाने सम्पूर्ण सडक, पेप्सिकोला मनोहरादेखि निकोसेरा सडकबाट उत्तरतर्फ जाने सम्पूर्ण सडक, काठमाडौँबाट भक्तपुर आउने पेप्सिकोला मनोहरा तथा जडीबुटी मनोहरा नाका बाहेकका सम्पूर्ण नाका र काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पूर्ण नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएको उनले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार