२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कास्की मतदान केन्द्रमा बम विस्फोट


२१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

    मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार