२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

काभे्रमा निर्वाचन शान्तिपुर्ण


१७१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर. २ मा उप चुनावको मतदान सुरु भएको छ । मतदान विहान ७ बजेदेखि शुरु भएको हो ।
    वडा नं. २ मा रहेको सेती देवी मा.बि.मा मतदानकेन्द्र रहेको छ । काभ्रेमा एउटै मात्र मतदान केन्द्र रहेको धुलिखेल वडा नं २ मा वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो । यस वडामा १ हजार ८ सय ७७ मतदाता रहेकोमा महिला ९ सय ४९ र पुरुष ९ सय २८ रहेकाछन् ।
    नेकपा, नेपाली काँग्रेस, राजपाव र राप्रपाले निर्वाचनमा भाग लिएको छ । वडाध्यक्ष राजन कोइरालाको मृत्यु पछि पद रिक्त भएको आज निर्वाचन भएको हो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार