२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कञ्चनपुरको पुरवासमा नेकपाको जित


२१८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए । कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो ।खानेपानी मन्त्री बीना मगरले यस वडामा मतदान गरेकी थिइन् ।

    कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा यसअघि पनि नेकपाले नै जितेको थियो । नेकपाका वडाध्यक्ष फैरु तामाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

    गत ०७४ को चुनावमा तत्कालीन एमालेका फैरु तामाङले ४५४ र माओवादीका आइतबहादुर तामाङले १८७ गरी नेकपाको पक्षमा कुल मत ६४१ खसेको थियो । यसपालिको उपचुनावमा नेकपाका तामाङ ५२८ मत पाएर विजयी बनेका छन् । अघिल्लो चुनाबमा ७८ मत मात्रै पाएको नेपाली कांग्रेसले यसपालि ३१० मत पाएको छ । यहाँ बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि यसपालि ७४ मत बटुलेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार