२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

सर्लाहीमा समाजवादी पार्टी विजयी


१६९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा आज वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी हुनुभएको छ ।

    त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास राय ३२८ मत ल्याउनुभएको छ भने नेकपाका उम्मेदवार दोस महम्मद अन्सारी पनि ३२८ मत ल्याएर पराजित हुनुभएको छ । राजपाका उम्मेदवार राम विश्वास राय र दोस महम्मद अन्सारीको समान मत रहेको छ । जनमत पार्टीका उम्मेदवार दिनेश यादवले ५२ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार रामपृत पासवानले २३ मत मात्र प्राप्त गर्नुभएको छ । १५ मत बदर भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

    निर्वाचित वडाध्यक्ष श्यामबाबु रायलाई प्रमाणपत्र प्रदान गरिसकेको उहाँले बताउनुभयो । वडाध्यक्षका लागि आज भएको उपनिर्वाचनमा करीब ८१ प्रतिशत मत खसेको थियो । एक हजार ३५६ मतदाता रहेकोमा एक हजार ९३ मत खसेको थियो ।

    बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण रुपले साँझ ५ बजे सम्पन्न भएको थियो । चुनावका लागि दुईवटा मतदान केन्द्र तोकिएको थियो । मतदानको लागि क र ख गरी दुई वटा मतदान केन्द्र तोकिएको थियो । मतदानमा ५८८ जना पुरुष र ५७५ जना महिलो मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार