२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चितवनको दुवै वडामा काँग्रेस विजयी


२२६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन् ।

    वडा नम्बर ४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो ।

    यसैगरी वडा नम्बर ५ को अध्यक्ष प्रतिमा ८६ मत अन्तरले विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार प्रतिमाले ८४२ र नेकपाको पुननारायण प्रधानले ७५६ मत पाएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा १ हजार ६ सय ७० मत खसेको थियो ।

    खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का दुवै निर्वाचनमा यसअघि कांग्रेस विजयी भएको थियो । अघिल्लो चुनावमा वडा नम्बर ४ मा कांग्रेसका नरेन्द्रनाथ अधिकारी ७ सय ५६ मतसहित र वडा नम्बर ५ मा कांग्रेसकै विश्वविजय बस्नेत ६२७ मतसहित विजयी भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार