२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाको किल्लामा काँगे्रसको उदय


२१५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर– मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । तत्कालिन एमालेको किल्ला मानिएको उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायण प्रसाद शाह विजयी भएका छन् । उनले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् ।

    नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार