२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चितवन नेकपाको वडामा काँगे्रसको जित


२२३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।नेपाली कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् ।

    अमृतराजले ३१८३ मत प्राप्त गरेका छन् । भक्तराजले २८७५ मत प्राप्त गरे ।यसअघि सो वडामा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्लामा चितवनमा कांग्रेसले आफ्नो बर्चश्व कायम राखेको छ ।

    मतदाताहरूलाई प्रभावित बनाउन भरतपुरमा शनिबार भतेर पनि खुवाइएको थियो ।नेकपाका वडाध्यक्षलाई जिताउन भरतपुरकी मेयर रेणु दाहाल पनि सक्रिय भएर लागेकी थिइन् । तर, उनको केही चलेन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार