२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२४५ शिक्षकको जागीर चट


२५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • गोरखा । जिल्लामा कार्यरत २ सय ४५ अस्थायी करारका शिक्षक विस्थापित भएका छन् । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आएका शिक्षकको पदस्थापन भएसँगै उनीहरुको जागिर गुमेको हो । ‘पदस्थापन भएका शिक्षकको संख्या कुल ३७८ हो,’ शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी सुवासचन्द्र आचार्यले भने, ‘त्यस मध्य नाम निकाल्ने ६३ जना अस्थायी शिक्षकको रुपमा काम गरिरहनुभएको थियो, ४ जनाले राजिनिमा दिनुभयो, ६६ दरवन्दी पहिले देखि नै रिक्त थियो ।’

    सबैभन्दा धेरै शहिद लखन गाउँपालिकामा ५५ र सबैभन्दा थोरै धार्चे गाउँपालिकामा १७ जना शिक्षक पदस्थापन गरिएको उनले बताए । सिरानचोक गाउँपालिकामा ५२, पालुङटार नगरपालिकामा ५०, गोरखा नगरपालिकामा ३५, आरुघाट गाउँपालिकामा ३३ र भिमसेन थापा गाउँपालिकामा ३२ शिक्षक पदस्थापन भएका छन् । ३१ जना बारपाक सुलिकोटमा, २६ जना गण्डकीमा, २४ जना अजिरकोट र २३ जना शिक्षक चुमनुव्री गाउँपालिकामा पदस्थापन गरिएको आचार्यले बताए । पदस्थापन भएका शिक्षक मध्य २१४ जना पुरुष र १६४ महिला रहेका छन् । ‘उनीहरुले नियुक्ती लिइसके अव पालिकासँग समन्वय गरेर एक हप्ता भित्रमा हाजिर हुन्छन्,’ आचार्यले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार