२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई एक्जाभेटरमा आगो लगायो


१८५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गए राति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्माणका क्रममा राखिएको गोल्डेन गु्रप शेर्पा कन्ट्रक्सन प्रालिको वा २ क ६६१९ नंको एक्जाभेटरमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए । आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार