२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बस दुर्घना हुंदा २० को मृत्यु


२१३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । त्रिशुलिया घाटमा बस पल्टिएपछि २० जनाको घटनास्थलमै मृत्यु भएको छ । जानकारी अनुसार ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको हुँदा मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । अम्बाजी राजमार्गमा जाँदै गरेको बस त्रिशुलुया घाटको बन्डमा पल्टिँदा दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । चालकलाई निन्द्रा लागेका कारण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको समयमा पानी परेको थियो । सडक देख्नै नसकिनेगरी देखिएको थियो । यात्रुहरु यसरी च्यापिएका थिए कि बसमा फसेकाहरूलाई बाहिर निकाल्न क्रेनहरू बोलाइएको थियो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मोदीले भन्नु भएको छ, ‘बनासकंठा (गुजरात) बाट अत्यन्त नराम्रो समाचार पाँए । सडक दुर्घटनामा भएको मृत्युबाट म धेरै दुःखी छु । पीडितको परिवारप्रति मेरो समवेदना । स्थानीय प्रशासन घाइतेहरुलाई सहयोग गर्न व्यस्त छ । प्रार्थना गर्नुहोस् कि जति सक्दो चाँडो राम्रो होस् ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार