२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मैनाली समाजको जिम्मेवारी केदारलाई


२५९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • हरिवन – मैनाली समाज नेपाल सर्लाहीको छैठौं वार्षिक साधारण सभा एवं तेस्रो जिल्ला अधिवेशन शनिवार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    पुनः केदारनाथ मैनालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न भएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा विष्णुहरि मैनाली, सचिवमा डिल्लीप्रसाद मैनाली, कोषाध्यक्षमा श्यामप्रसाद मैनाली, सहसचिवमा गोबिन्द मैनाली लगायत अन्य सदस्य रहेका छन् ।

    कार्यक्रमकै अवसरमा हरिवनस्थित सुखेपोखरी मन्दिर परिसरमा आयोजना गरिएको रक्तदान शिविरमा ३० जनाले रक्तदान गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार