२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पत्रकार महांसंघ भवनको लानि नगरको जग्गा


१७६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • म्याग्दी :  नेपाल पत्रकार महासंघ म्याग्दीको भवन निर्माणका लागि बेनी नगरपालिकाले जग्गा दिने भएको छ।  मंगलबार बसेको कार्यपालिकाको बैठकले बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा साविकको खाद्य संस्थानको जग्गाभित्र नगरपालिकाको स्वामित्वमा रहेको ४ आना जग्गामा आवश्यक भवनसहितको संरचना बनाउने गरी दिने निर्णय गरेको हो।

    महासंघको शाखा स्थापनाको लामो समयसम्म जग्गाका लागि पहल गरिएको थियो। बेनी नगरकार्यपालिकाको बैठकबाट नगरपालिकाको स्वामित्वमा रहने गरी भाडामा दिने निर्णय भएको प्रवक्ता रामकृष्ण बराईलीले बताए। उनका अनुसार जग्गामा पत्रकार महासंघले आफ्नै प्रयासमा भवनसहितको संरचना बनाएर प्रयोग गर्न सक्ने छ। कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यले पत्रकारको संस्थागत विकासमा आवश्यक सहयोग गर्नुपर्ने राय ब्यक्त गरेका थिए।  बेनी नगरका मेयर हरिकुमार श्रेष्ठले पत्रकारको संस्थागत विकासमा सहयोग गरिएको बताउँदै आगामी दिनमा समेत पत्रकारसँग सहकार्यको प्रतिबद्धता ब्यक्त गरे।

    पत्रकार महासंघले जिल्लामा क्रियाशिल राजनीतिक दल र नगरपालिकालाई संस्थागत विकासका लागि सहयोग माग गदैं ज्ञापनपत्र सहितका कार्यक्रमहरु समेत सञ्चालन गरेको थियो। यता पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले जग्गा प्राप्ति संस्थागत विकासका लागि कोशेढुंगा सावित हुने बताउँदै नगरपालिकाप्रति धन्यवाद ब्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार