२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१० जनाको सामूहिक दाहासंस्कार


२५४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • गुल्मी : मंगलबार  बिहान गुल्मीको ईश्मा देखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएका मध्ये १० जनाको सामूहिक दाहासंस्कार गरिएको छ।  मंगलबार राती ईश्मा गाउँपालिका वडा नं ४ की ३० वर्षीया सुचना कार्की, ४० की सिता कार्की, ६५ की झवी कार्की, ४० का महेन्द्र कार्की, ४५ की भूमि कार्की,  २५ की मिना बस्नेत ६५ का धन बहादुर कार्की, बालिका अनुष्का कार्की  वडा नं ५ की बसुन्धरा कार्की,  वडानम्बर ३ की माया थापाको सामूहिक रुपमा दाहासंसकार गरिएको छ। उनीहरुलाई ईश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामूहिक रुपमा दाहासंस्कार गरिएको हो।  मृतक मध्ये जीप चालक ईश्मा गाउँपालिका वडा नं ४ का रेशम थापाको आफनै संस्कारमा दाहासंस्कार गरिएको पारीवारीक स्रोतले जनाएको छ।

    यस्तै बागलुङको बडिगाड गाउँपालिका ५ की ५५ बर्षकी लक्ष्मी केसीको बडिगाडमै, नवलपरासी बर्दघाट नगरपालिका २ की ६० बर्षकी मुना कार्की र कन्चनपुरका ५५ वर्षिय धन बहादुर कार्कीको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। यस्तै सोही जीपमा सवार इश्मा गाउँपालिका वडा नं ४का ६५ बर्षिय धन बहादुर कार्की बाटामुनिका बेपता रहेको बताइएको छ।  घाइते तीन जनाको काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। घाइतेहरुमा नवलपरासी बर्दघाटका जीवन कार्की, ईश्मा गाउँपालिका–४ का बालक हिमाल कार्की र निमा केशीलाई सेनाको हेलिकोप्टर मार्फत पुर्वमन्त्री तथा सांसद गोकर्ण विष्टको पहलमा उपचार भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार