२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

राजदूतले मन्त्रीलाई मदिरा उपहार


२२६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडाैँ,  पछिल्लो समय एक फोटो सामाजिक संजालमा भाइरल भएको छ, जुन फोटो चिनियाँ राजदूतले केपी आेली नेतृत्वकाे नवनियुक्त मन्त्रीलाई उपहार दिंदै गरेको फोटो हो । भिभिआइपीबीच के उपहार आदानप्रदान हुन्छ होला भन्ने सबैको मनमा जिज्ञासा उत्पन्न हुन सक्छ । तर सार्वजनिक भएको तस्विरमा राजदूतले मन्त्रीलाई अरु केहि नभएर मदिरा उपहार दिएकी छन् । राजदूत होउ यानछीले नवनियुक्त श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई मदिरा उपहार दिएकी हुन् ।

    राजदूतले उपहारमा मदिरा दिएकाे फोटो सार्बजनिक भएपछि राजदूत र मन्त्री दुवैको आलाेचना हुन थालेकाे छ । उपहार ग्रहण गर्ने र दिने आचारसंघीयता बारे बहस गर्ने बेला भएको हो? भन्दै समाजिक संजाल फेसबुक, ट्वीटर लगायत मध्यममा प्रश्न उठिरहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार