२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काठमाडौमा रासन पानी बन्द गर्छौ- महतो


२००१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं, १९ मङ्सिर । मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले राजधानी काठमाडौंकी बुहारी भित्र्याएका छन् ।

    संविधान जारी हुँदाको बेला मधेसमा जारी आन्दोलनका बीच भारतसँगको नाका गएर ‘काठमाडौंको दानापानी बन्द गरिदिने’ ध म्की दिएका महतोले अन्ततः काठमाडौंको रैथाने नेवार परिवारकी छोरीलाई बुहारीको रुपमा भित्र्याएका हुन् ।

    महतोका छोरा राघवेन्द्रले काठमाडौं डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधरसँग विवाह गरेका हुन् । काठमाडौंको एक होटेलमा भएको विवाह समारोहमा विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि, पत्रकार र व्यवसायीहरु सहभागी भएका थिए ।

     

    महतोका छोराको विवाहमा सहभागी भएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महातोका छोराको विवाहलाई ‘पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’का रुपमा अर्थ्याएका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले फेसबूकमा लेखेका छन्– राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न शुवविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार