२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बलत्कार अभियोगमा नेकपाका नेता झ्याप


२६८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • रामेछाप । १३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् ।

    पीडितका परिवारले दिएको किटानी जाहेरेको आधारमा ४० वर्षीय सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो । कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि सुनुवारले मंसिर २ गते बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।

    बलात्कारपछि डराइडराई घर पुगेकी ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाएकी थिइन् । पटक–पटक बोलाउँदै सुनारले ती बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्कि अनुसन्धानबाट खुल्न आएको छ ।घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि बालिकाकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी दिइन् । घटनाबारे उजुरी परेपछि सुनारलाई खोज्न प्रहरी परि’चा’लन भयो । अन्ततः सोमबार साँझ प्रहरीले सुनुवारलाई उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनुवारले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।

    प्रहरीले बलात्कारको किटानी जाहेरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद दिएको छ । प्रहरीका अनुसार बालिका बलात्कार गर्ने सुनवारलाई दस देखि १५ बर्ष जेल सजाई हुनेछ ।

    पीडित बालिका र बलात्कारमा संलग्न सुनुवारको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणबाट सुनुवारले बालिकामाथि बलात्कार गरेको रिपोर्टले देखाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार