२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महिला स्वयंसेवक दिवसमा कबिता बाचन


३२३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/“गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रबद्र्धनमा अहम भुमिका” भन्ने मुल नाराका साथमा पाँचखाल नगरमा १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
    नगरमा रहेका ७८ जना महिला स्वयंसेविका साथै जनप्रतीनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्थानिय सरोकारवालाहरु, नगरका कर्मचारीहरु समेतको उपस्थितिमा उक्त दिवस भव्य ढंगबाट मनाईएको थियो । नगरका उप—मेयर लक्ष्मी दनुवारकोे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर भण्डारी हुनुहुन्थ्यो ।

    कार्यक्रमका प्रमुख अतिथि भण्डारीले मानव स्वास्थ्यमा आएको समस्या समाधानको लागि महिला स्वयंसेविकाको ठुलो भूमिका रहेको बताउनु भयो । उहाँले थप्नुभयो यदि स्वयंसेविकाहरुले राम्रो भूमिका निर्वाह नगरेको भए स्थानिय तहमा धेरै समस्याहरु आई उपचारको लागि ठुलो धनरासि खर्च हुने बताउनु भयो ।

    कार्यक्रमका सभापति एवं नगरका उप—प्रमुख लक्ष्मी दनुवारले महिला स्वयंसेविकाले स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेर नसकिने बताउनु भयो । सरसफाई, पानीको निर्मलिकरण, नियमित खोप, घरघरमा गएर अस्थाई साधन सम्बन्धि जानकारी साधारन उपचार समेतको योगदानले गर्दा सामाजिक स्तरमा चेतना फैलिएको बताउंदै निरन्तरता दिदै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    स्वास्थ्यकर्मी जानुका अधिकारीबाट संञ्चालित उक्त कार्यक्रममा होक्से स्वास्थ्य चौकी प्रमुख नारायण कृष्ण नायजु, महिला स्वयंसेविका साईली तमाङ लगाएतले स्वास्थ्यको क्षेत्रमा महिला स्वयंसेविकाको भुमिका र महत्वको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।
    कविता बाचन प्रतियोगिताको निर्णायकको भुमिका पाँचखाल स्वस्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारी, शिक्षा शाखा प्रमुख दिनानाथ पन्थि, पाँचखाल नगरका शाखा अधिकृत राजेश बञ्जाराले गर्नुभएको थियो । कविता बाचनमा प्रथम सावित्रि थपलिया कोशिदेखा, दितिय गोमा लामा खरेलथोक र त्रितिय शिता कोईराला अनैकोट । प्रथप दितिय र त्रितिय हुनेहरुलाई नगर पुरस्कार क्रमस १ हजार ५ सय, १ हजार र ७ सय ५० प्रदान गरेको थियो ।

    कार्यक्रममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रदेश सरकारको तर्फबाट उपलब्ध भएको २ हजार ५ सयका दरले नगद उपलब्ध गराएको थियो । साथै सहभागि स्वयंसेबिकाहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार