२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बलात्कारीलाई गोली ठोकियो


१९११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– भारतमा चार जना बलात्कार आरोपीलाई प्रहरीले घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ । अनुसन्धानको क्रममा हिरासतमा आरोपीलाई हैदरावाद प्रहरीले घटना स्थलमा लगेर गोली प्रहार गरी इन्काउन्टर गरेको हो ।

    २७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएको घटनाको सिन तयार पार्न प्रहरीले बलात्कार अभियोग लागेका चारै जनालाई शुक्रबार विहान लगेको थियो । तर आरोपी भाग्न खोजेपछि प्रहरीले गोली ठोकेको थियो । घटनामा चारै जनाको मृत्यु भएको छ । घटनामा दुई प्रहरी घाइते भएको भारतीय मिडियाले जनाएका छन् ।

    बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भएको थियो । प्रहरीको इन्काउन्टरको स्वागत गरिएको छ । घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसेका बेला ट्रक ड्राइभर र क्लिनर रहेका आरोपीहरुले सामूहिक बलात्कार गरी शरीर जलाइदिएका थिए ।

    इन्काउन्टरपछि डाक्टरका बुवाले ‘छोरीको आत्माले शान्ति पाएको’ प्रतिक्रिया दिएका छन् । दिल्लीमा भएको निर्भया बलात्कारका आरोपीहरुलाई फाँसी नदिइएकोमा आक्रोशित जमातले छोरीमाथि दुष्कर्म गर्नेहरूलाई मृत्युदण्डको माग गर्दै आइरहेका छन् । एजेन्सीको सहयोगमा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार