२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेश सरकारविरुद्ध ५० मुद्धा


२३५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर । एक नम्बर प्रदेश सरकारलाई विपक्षी बनाई विभिन्न प्रकृतिका ५० वटा मुद्धा परेका छन् । प्रदेश एकका मुख्य न्ययधिवक्ता चुडामणि आचार्यका अनुसार हालसम्म प्रदेश सरकारविरुद्ध उच्च र सर्वोच्च अदालतमा ५० वटा मुद्दा परेका हुन् ।

    शुक्रबार प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउँदै उनले कानून कार्यान्वयनको सिलसिलामा मुद्धा परेको बताए । उनका अनुसार प्रदेशसहित संघ र स्थानीय सरकारलाई विपक्षी बनाएर पनि मुद्दा परेका छन् ।

    उनका अनुसार गत असार मसान्तसम्म मात्र प्रदेश एक सरकारलाई परेका १३ वटा मुद्धा संघसँग जोडिएका छन् । ९ वटा स्थानीयतहसँग जोडिएका छन् भने प्रदेश १ सरकारसँग मात्र सम्बन्धित १४ वटा मुद्दा छन् । वार्षिक प्रतिवेदनमा कानुनको अभाव, संरचनाको समस्या, जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको विषयलाई उल्लेख गरिएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार