२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

झोले डाक्टरले गर्दा ५ जनाको ज्यान गयो


२१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन ।त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् । यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी डाक्टर झोलामा औषधी राखेर गाउँ–गाँउ डुल्ने गर्छन् ।

    बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचारका क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ ।

    नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मनिकराम धोबीको उपचारका क्रममा सोमबार मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सतायता ५ जनाको ज्यान गएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार