२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्र प्रहरी प्रमुखमा पौडेल आउंदै


४२२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभे्रको जिम्मेवारी सम्हाल्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेल आउनु हुने भएको छ ।

    प्रहरी प्रधान कार्यालयले ८ एसपिको सरुवा गर्ने क्रममा कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरेको जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेका जयराज सापकोटालाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार