२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

२२ अर्ब ४४ करोड ५३ लाख एनसेललाई कर


२०५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ ।

    ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्र्नुपर्ने भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरेको थियो ।

    तर त्यसविरुद्ध एनसेल सर्वोच्चमा गयो । र, अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो । यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार