२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

टिप्पर दुर्घटना, सहचालकको मृत्यु


२४७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • बुटवल । पाल्पाको निस्दी गाउँपालिका ३ धार्केसिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउले वनतर्फ आउदै गरेको प्रदेश न.३०–१–००–३ क ४४५६ न. को टिपर दुर्घटना भएको हो ।

    दुर्घटनामा सहचालक जाजरकोट साविक खालारहिका गाविस ८ का २३ वर्षका टेकबहादुर बुढा मगरको ज्यान गएको हो ।  टिपर चालक सुर्खेत शिवालय गाउँपालिका का ३८ वर्षका दिलबहादुर थापा गम्भीर छन् । उनको  लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । स्टेरिङ फेल भएर सो दुर्घटना भएको हो । टिपर सडकदेखि १ सय २० मिटर तल खसेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार