२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रिय सुचना आयुक्तको लागि नाम सिफारीस


१९६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको नाम सिफारिस भएको छ । आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तका लागि पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ र आयुक्तका लागि कमला वली थापा र दीपक मैनालीको नाम सिफारिस गरिएको स्रोतले बताएको छ ।

    मैनालीले जनदिशा दैनिकमा काम गर्थे भने थापा कानुन व्यवसायी हुन् । मैनाली पूर्व माओवादी र थापा पूर्व एमालेको कोटामा सिफारिसमा परेका हुन् ।उनीहरुको नाम आगामी मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि पाँच वर्षे कार्यकालका लागि नियुक्त हुनेछन् । मन्त्रिपरिषद् बैठक सम्भवतः मंगलबार बस्दैछ ।
    आयोगमा यसअघिका पदाधिकारीको समयावधी पुस २० गते सकिँदैछ । सभामुखको अध्यक्षतामा रहने सिफारिस समितिमा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने संवैधानिक व्यवस्था छ । यद्यपि यसपालि सिफारिस समितिको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेकी थिइन् । आयोगको पदाधिकारीका लागि २२ जनाले आवदेन दिएका थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार