२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रिय सभा चुनावको तयारी


१५८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि चुनाव गराउने तयारी थालेको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० मा सकिँदै छ ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्छ । माघ १५ भित्र राष्ट्रिय सभामा रिक्त हुने सदस्यका लागि चुनाव गरिसक्नुपर्नेछ । राष्ट्रिय सभा सदस्यको चुनावबारे आयोगले आइतबार कानुनविद्सँग परामर्श गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । सोमबार राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्नेकार्यक्रम छ ।
    माघ १० भित्र उपयुक्त कुनै दिनमा चुनाव गराउनेबारे छलफल भएको नवशंकेत अनलाईन लाइ जानकारी दिए । दलहरूसितको परामर्शपछि आयोगले चुनावको तिथि प्रस्ताव गरेर घोषणा गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ ।
    कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यहरूमा अर्थमन्त्री खतिवडाका अतिरिक्त सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार