२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

३ आमाछोरीको हत्या अभियुक्त कारागार चलान


३९६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालतले मोरङ कानेपोखरी ३ की शिवमाया लिम्बु र उनकी जुम्ल्याहा छोरीको हत्या अभियोग लागेका बागलुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका पूर्णबहादुर सुनार र माधव सुनारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

    माधवको उमेर १४ वर्ष भन्दा कम रहेकाले बालसुधार गृहमा पठाएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले बताए । मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई पोखरा महानगरपालिका बस्ने ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएको थियो ।
    प्रहरीका अनुसार हत्यामा संलग्न तीनमध्ये एक जना फरार रहेका छन् । दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

    तीन जनाको हत्या गरी कच्ची सडकबाट ४ मिटर पर फालिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले बेवारिसे अबस्थामा रहेका शवलाई १५ दिनपछि पहिचान गरी हत्यामा संलग्नलाई पक्राउ गरेको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार