२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युत सर्ट भई आगलागि हुंदा २५ लाख क्षती


१९१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • २३ मंसिर, काठमाडौं । इलामको सूर्योदय नगरपालिका-५ अन्तुडाँडामा सञ्चालित एक होमस्टे (घरवास)मा सोमबार आगलागी भएको छ ।

    स्थानीय मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला होमस्टेमा विजुली सर्ट भएर आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट तामाङको घरभित्र रहेको ४ तोला सुन, नगद ५ लाख रुपैयाँ, लत्ताकपडा र फर्निचर लगायतका सामाग्री जलेर नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै घटनाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार